काँग्रेस गाउँपालिका उपसभापतिद्वारा राजीनामा

दैलेखः काँग्रेस गुराँस गाउँ कार्यसमिति उप सभापतिले पदबाट राजीनामा दिएका छन् । उपसभापति सम्झना विश्वकर्मासहितका नेता कार्यकर्ताहरुले राजीनामा दिएका हुन् ।
उपसभापति विश्वकर्मासहित वडा नम्बर २ कार्यसमितिका सभापति जयबहादुर वली, सहसचिव भगवती शाही र सदस्यहरु सोमति विक र कुलबहादुर नेपालीले समेतले राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा नेपाली काँगे्रस दैलेखका नेता कार्यकर्ताहरुले धमाधम राजीनामा दिन थालेका छन् । कतिपयले पार्टीबाट स्थानीय तहको उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् भने कतिपयले अन्य कारण देखाउँदै राजीनामा दिएका हुन् ।
सोमबार नेपाली काँगे्रस नौमूले गाउँ कार्यसमिति सभापति गंगबहादुर शाहीले पार्टी परित्याग गरेको घोषणा थिए । काँग्रेस परित्याग गरेका शाही समाजवादी पार्टीका तर्फबाट नौमूले गाउँपालिका उप प्रमुखमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै, नेपाली काँगे्रस दैलेखको नेतृ पुण्यप्रभा दसौदीले पार्टी परित्याग गरेकी छन् । पार्टी परित्याग गरेकी दसौदी नेकपा (एकीकृत समाजवादी) पार्टीबाट महावु गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार